
पानपा २ पुतलीखेतका दुई घर बाढीले बगायो
पालुङ्टार नगरपालिका २ पुतलीखेतका दुई घर स्थानीय छेदीखोलाले बगाएको छ ।
अबिरल बर्षापछि आएको छेदीखोलाको बाढीले स्थानीय सन्तबहादुर गुरुङ र सन्तबहादुर गुरुङको घर बगाएको हो ।
उनीहरुको घरभित्र रहेको सामान पनि झिक्न नभ्याइएको स्थानीय दिनेश नेपालीले जानकारी दिए ।
उनीहरु साबिकको घरभन्दा केही माथि छिमेकीको घरमा शरण लिएर बसेका नेपालीले बताए ।
साथै पालुङ्टार २ को विभिन्न टोलमा घर पहिरोको जोखिममा रहेको उनले बताए ।




