| आइतवार, कार्तिक २२, २०८३

गोरखामा १८ गते रातीदेखि १९ गते बिहान सम्म टेलिकमको इन्टरनेट अवरुद्ध हुने

दुरसंचार कार्यालय आँबुखैरेनीमा रहेको उपकरणलाई स्थानान्तरण गर्नुपर्ने भएकाले गोरखामा असार १८ गते राती १० बजेदेखि १९ गते बिहान १० बजे सम्म इन्टरनेट अवरुद्ध हुने भएको हो ।


गोरखा जिल्लाको अप्टिकल लिंक आँबुखैरेनी कार्यालयबाट संचालनमा रहेकाले गोरखामा पनि उक्त समयमा फोरजी तथा इन्टरनेट सेवा बन्द हुने नेपाल टेलिकम दुरसंचार कार्यालय गोरखाका प्रमुख राजेन्द्र श्रेष्ठले बताए । यस अघि असार १७ गतेराती देखि १८ गते बिहान सम्म अवरुद्ध हुने भनिएपनि प्राविधिक कारणबस समय परिर्वतन भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्