| आइतवार, कार्तिक २२, २०८३

गोरखामा २९२ संक्रिय संक्रमित, अहिले संक्रमण दर ३५ प्रतिशत

गोरखामा दुई सय ९२ जना कोरोनाका सक्रिया संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बुधवार साँझ सम्म सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ५१ जना सक्रिया संक्रमित छन् ।

अजिरकोटमा ४९, भिमसेन थापामा ४२, सिरानचोकमा ३७, गोरखा नगरपालिकामा ३५, बारपाक सुलिकोटमा ३१ जना सक्रिया संक्रमित रहेका छन् ।
पालुङटारमा १८, शहीदलखनमा २, गण्डकीमा ११, धार्चे गाउँपालिकामा ११ जना सक्रिया संक्रमित छन् । चुमनुब्री गाउँपालिकामा भने संक्रमित छैनन् ।
बुधवार एकै दिन पिसिआरबाट १० जना र ऐन्टिजेनबाट ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अहिले गोरखाको पोजेटिभ प्रतिशत करिब ३५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्