
तनहुँमा निषेधाज्ञा असार २४ सम्म, २० गतेबाट सरकारी सेवा खुल्ला गर्ने
निजी सवारी साधन जोर विजोर संचालन हुने
जिल्ला प्रशासन कार्यालय तनहँुमा मंगलबार बसेको जिल्ला कोभिड संकंट ब्यवस्था समितिको बैठकले निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । आज राती १२ बजेबाट लागु हुने गरी असार २४ सम्म निषेधाज्ञा थप गर्न बैठकले सिफारीस गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा भएको बैठकमा तनहुँमा संक्रमणको जोखि कायम रहेकोले निषेधाज्ञा थप गर्ने सिफारीस गरिएको हो ।


बैठकले असार असार २० गतेबाट तोकीएको स्वास्थ्य मापदण्ड पुरा गरेर सरकारी कार्यालय संचालन गर्ने निर्णय गरेको छ । निजी सवारी साधनलाई मिति अनुसार जो विजोर संचालन गर्ने समेत बैठकले निर्णय गरेको छ । बैठकले अत्यावश्यक सेवा विहान ५ बजे ९ बजे सम्म भनिएकोमा भोली देखि विहान ११ बजे सम्म संचालन गर्ने निर्णय गरेको छ । होम आइसोलेसनको निगारानी बढाउने इन्टीजेन परीक्षणको दायर बढाउने समेत बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिताङ्गत बरालले बताए । निषेधाआज्ञालाई कडाईका साथ पालना गर्न समेत जिल्ला प्रशासन कार्यालय तनहूँले अनुरोध गरेको छ।




