
दलित विद्यार्थी संघ गोरखाद्वारा माछाखोलामा राहत बितरण
नेपाल दलित विद्यार्थी संघ गोरखाले धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा राहत बितरण गरेको छ । संघका अध्यक्ष रचन परियार, नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारी सहितको टोलीले राहत बितरण गरेको हो ।
सेनेटरी प्याड, मास्क, त्रिपाल, नुन, तेल, चामल बितरण गरिएको अध्यक्ष परियारले बताए । यस अघि पनि संघले बिभिन्न समयमा स्वास्थ्य सामग्री र राहत सामग्री बितरण गर्दै आएको छ ।





