| आइतवार, कार्तिक २२, २०८३

चुमभ्यालीको एकहजार बर्ष प्राचीन गुम्बा पहिरोको जोखिममा


दरौंदी समाचारदाता


चुमनुब्री ७ छेकम्पारमा रहेको एकहजार बर्षभन्दा प्राचीनमध्येको एक गुम्बा पहिरोको जोखिममा छ । केही दिनअघिको बर्षापछि पहिरो जाँदा महत्वपूर्ण चिफु साडाग छ्योलिङ गुम्बा जोखिमपूर्ण बनेको त्यहाँका प्रमुख लामा छेवाङघ्युर्मेले जानकारी दिए । लारबाट पारि देखिने भित्तामा निर्माण गरिएको सो गुम्बाको संरक्षण गर्न लगाइएको पर्खाल बर्षाका कारण पहिरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्