
चुमनुब्री प्रवेश गर्ने जगतको गेट बाढीले बगायो, तीन घर उच्च जोखिममा
गोरखाको चुमनुब्री गाउँपालिका प्रवेश गर्ने वडा नम्बर ३ जगतको गाएँपालिका प्रवेश गेट बाढीले बगाएको छ ।
लगातारको वर्षातपछि आएको बाढीले आज गेट बगाएको र तीन घर उच्च जोखिममा रहेको स्थानीय बिशाल घलेले बताए ।
बाढीले घरमा क्षती गरेपछि अहिले धमाधम काठपात निकाल्ने काम भईरहेको छ । तल्लो बगरका तीन घर बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ । चुमनुब्री प्रवेश गर्ने उक्त ठाउँमा माथिल्लो बगरमा दुईवटा घर छ भने तल्लो बगरमा तीनवटा छ ।
माथिल्लो बगर सम्म बाढी पुगेको छैन भने तल्लो बगरको घरमा एक फिट भन्दाबढि पानी जमेको चुमनुब्री गाउँकार्यपालिका सदस्य समेत रहेका घलेले बताए ।




