| आइतवार, कार्तिक २२, २०८३

अजिरकोटको बजेट ४८ करोड २३ लाख

गोरखाको अजिरकोट गाउँपालिकाले ४८ करोड २३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँसभामार्फत बिहिवार उपाध्यक्ष चन्द्रमाया गुरुङले आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट प्रस्ताब गरेकी हुन् ।
गाउँपालिका अध्यक्ष फडिन्द्र धितालको अध्यक्षतामा भएको कार्यक्रमले बजेट सर्वसम्मत पारित गरेको उनले बताईन् । गाउँपालिकाले फर्क युवा कार्यक्रम सञ्चालन गर्ने, छोरी भए पुगिसरी, गाउँपालिका अध्यक्ष जेहेन्दार छात्रृत्ती, कृषि, स्वास्थ्य शिक्षा, पशुपंक्षी पर्यटन, पूर्वाधारलाई प्राथमिकता दिएको प्रमुख प्रशासकिय अधिकृत सुरेश दवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्