| आइतवार, कार्तिक २२, २०८३

सिरानचोक गाउँपालिकाको बजेट ५६ करोड ९७ लाख

गोरखाको सिरानचोक गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ५६ करोड ९७ लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ ।

चालु तर्फ ८ करोड ८७ लाख र गाउँपालिकाको सार्वजनीक बिकास र बिभिन्न अन्य शिर्षकमा ४८ करोड १० लाख रुपैयाँ बिनियोजन गरिएको उपाध्यक्ष रिता देबकोटाले बताईन ।
बिहिवार आठौँ गाउँसभामा अध्यक्ष राजु गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष देबकोटाले बजेट प्रस्तुत गरेकी हुन् ।

संघिय सरकार, प्रदेश सरकारबाट आउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी लगायतलाई आम्दानीको स्रोतको रुपमा पालिकाले लिएको छ ।
‘समृद्ध सुन्दर ऐतिहासिक सिरानचोकको सानः समावेशी, बतावरण अनुकुलित सन्तुलित बिकासको अभियान’ भन्ने नाराका साथ आगामी वर्षको बजेटलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
कोभिड १९ बाट सिर्जित संकट ब्यवस्थापन, पूर्वाधार बिकास, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य शिक्षा,शिक्षमा गुणात्मक सुधार,कृषि तथा पशुसेवामा आधुनिकरणलाई गाउँपालिकाको बजेटले प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्