
गोरखा चेम्बरद्वारा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण
गोरखा चेम्बर अफ कर्मशले गोरखाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थालाई कोभिड १९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्वास्थ्य कार्यालय गोरखामार्फत २० वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको चेम्बरले अन्य स्वास्थ्य संस्थालाई पनि स्वास्थ्य सामग्री वितरण गरेको हो ।
चेम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठले एक कार्यक्रमका बीच बुधबार गोरखा नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । त्यस्तै मंगलबार हंशपुर ३ स्थित भच्चेक स्वास्थ्य चौकीलाई कोरोना भाइरस कोभिड नियन्त्रणको लागि अत्यावश्यक पर्ने स्वास्थय सामाग्री हस्तान्तरण गरेका थिए ।
चेम्बरले वितरण गरेको स्वास्थ्य सामग्री सेटमा सर्जिक माक्स, पिपिई, सेफ्टीग्लास, फेस सिल्ड, सर्जिकल ग्लोब्स, सुज कभर, हेडकभर, अक्सीमिटर रहेका छन् ।





