| आइतवार, कार्तिक २२, २०८३

निषेधाज्ञामा यात्रु ओसार्ने दुईवटा स्कारपियोलाई १०/१० हजार जरिवाना

निषेधाज्ञाको समयमा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पासको दुरुपयोग गरी यात्रु ओसार पोसार गर्ने दुईवटा स्कारपियोलाई १०/१० हजार जरिवाना गरिएको छ ।
बा १ य १४५६ र बा १७ च २८९३ नम्बरको गाडीले जनही दुई हजार रुपैयाँ लिएर गोरखा काठमाण्डौँ र काठमाण्डौँ गोरखा यात्रु ओसार पोसार गरेकाले कारवाही गरिएको डिएसपी प्रकाश दाहालले बताए ।
गाडीका चालक नुवाकोट सिबपुरी ७ का सन्तोष पाण्डे र भिमसेन थापा ७ का सुनिल श्रेष्ठलाई कारवाही गरिएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाले कोभिड १९ संकट ब्यवस्थापन अध्यादेश २०७८ बमोजिम १०/१० हजार जरिवाना गरेर छाडेको जनाएको छ ।
यी दुबै गाडीले सामाजिक सञ्जालमा गाडीको फोटो समेत राखेर यात्रुलाई सम्पर्क गर्न सुचना गरेको आधारमा गोरखाका यातायात ब्यवशायीको गुनासोपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्