
जोतेर फर्कने क्रममा लडेर गोरखा बुंकोटका एक पुरुषको मृत्यू
जोतेर फर्कने क्रममा गोरखा बुंकोटका एक पुरुषको मृत्यू भएको छ । शहीद लखन गाउँपालिका ८ बुंकोट मैलुङका ३९ बर्षका कुमार श्रेष्ठ मंगलबार ज्यादुलखोला फाँटबाट फर्कँदै गर्दा लडेर मृत्यू भएको वडाअध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिए ।
दाहिने खुट्टा कमजोर रहेको श्रेष्ठ दिउसो सवा चार बजेटिर जोतेर फर्कँदै गर्दा ज्यादुलखोला कुलोमा लडेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको अध्यक्ष अम्गाईले जानकारी दिए ।
मृतकको शव बुधबार गोरखा अस्पतालमा पोष्टमार्टमपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।




