| मङ्लबार, कार्तिक २४, २०८३

सुनको भाउ आज तोलामा छ सय रुपैयाँले बढ्यो

 सुन तोलामा छ सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलाको ९१ हजार कायम भएको जनाएको छ ।

हिजो चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार तीन सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्