
पालुङटारका प्रहरी निरीक्षक ढकाल पुरस्कृत
जिल्ला प्रहरी कार्यालय गोरखाले पालुङटार ठाँटीपोखरी प्रहरी चौकीका प्रहरी निरीक्षक सोमदास ढकाललाई पुरस्कृत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत प्रहरी मध्ये हरेक महिना एक जनालाई ‘वेस्ट पुलिस अफ द मन्थ’ बाट पुरस्कृत गर्दै आएको छ ।
गत जेठ महिनामा अवैध काठ नियन्त्रण, नदीजन्य पदार्थको चोरी निकासीमा निग्रानी, निषेधाज्ञा कार्यन्वयमा सक्रिया भएकाले प्रहरी निरीक्षक ढकाललाई सम्मान गरिएको डिएसपी प्रकाश दाहालले बताए ।
उनलाई नगद एक हजार पाँच सय सहित प्रहरी प्रमुख एसपी शेखर खनालले सोमवार पुरस्कृत गरेका हुन् । प्रहरीको मनोबल बढाउन र कामप्रति जिम्मेवार बनाउन गोरखा प्रहरीले पुरस्कृत गर्ने कार्यक्रम निरन्तर चल्ने जनाएको छ ।




