
जडीबुटी खोज्न गएका सिर्दिबासका एक पुरुष बेपत्ता
गोरखाको चमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिबासका २४ वर्षिय सुरेन्द्र गुरुङ बेपत्ता भएका छन् ।
गत जेठ २६ गते बारपाक सुलिकोट १ र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालको फेदीमा गुरुङ सहित पाँच जना बन लसुन खोज्न गएका थिए ।
आईतवार दिउँसो जडीबुटी खोज्ने क्रममा उनी लडेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।
भिरमा फसेका चुमनुब्री गाउँपालिका ३ का ३० वर्षिय सुबास गुरुङ, ५० वर्षका धनप्रसाद गुरुङ, ४२ वर्षका तुलबहादुर गुरुङ र १८ वर्षिय कान्छा गुरुङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी धार्चे गाउँपालिका ४ लाप्राक स्थित आफन्तको घरमा पु¥याइएको डिएसपी दाहालले बताए ।
बेपत्ता गुरुङको उद्धार गर्न समस्या भएको र हेलिकप्टरबाट खोजी गर्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।




