
सल्लेरीका बाढी पिडितलाई राहत बितरण
दर्रौदी : चुमनुब्री गाउँपालिका ३ सल्लेरी का बाढी पिडितलाई राहत बितरण गरिएको छ । चुमनुब्री मिलन समाजको समन्वयमा सागाउँको बौद्ध सेतो गुमबका फक्चोक रिम्पोचेले करिब छ लाख रुपैयाँ बरावरको राहत बितरण गरेका समाजका अध्यक्ष बिरवल घलेले बताए । बूढीगण्डकीमा आएको बाढीबाट बिस्थापित र प्रभावित २६ घरधुरीलाई टेन्ट, ब्ल्याङ्केट, तेल, खाद्यान्न लागयतका सामग्री शनिवार हेलिकप्टर मार्फत सल्लेरी पु¥याइएको हो ।




