
बूढीगण्डकीको बाढीले जगतको जलविद्युतमा क्षति, ७३ घरधुरी विद्युत बिहिन
बूढीगण्डकी नदीमा आएको बाढीले लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ ।
भालुबन खोलाबाट निकालिएको बिजुली चुमनुब्री गाउँपालिका ३ को सल्लेरी, जगत र भालुबनका ७३ घरधुरीले प्रयोग गर्दै आएका थिए ।
३८ किलोवाट क्षमताको उक्त लघुजलविद्युत आयोजनामा शुक्रवार बाढिले क्षति पुगेको र टर्वाइनले काम गर्न छाडेको स्थानीय बिरबल घलेले बताए ।
विद्युत उत्पादन ठप्प भएपछि बाढीले बिस्थापित सल्लेरीका स्थानीय त्रिपालमुनि अन्धकारमा बस्न बाध्य छन् । बालवालिका, सुत्केरी र वृद्धवृद्धालाई अझै समस्या भएको उनले बताए ।
उक्त जगत लघुजलविद्युत आयोजना एक दशक अघि कादुरी नामक एक संस्थाले निर्माण गरेको थियो ।
मर्मत गर्न अझै केही दिन लाग्ने र विद्युतको बिकल्पनमा सोलार, मैनबत्ती केहीपनि नभएकाले मर्मत नहुँदा सम्म स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।




