| सोमवार, कार्तिक २३, २०८३

चेम्बर अफ कमर्सको समन्वयमा २० वटा अक्सिजन कन्सनट्रेटर सहयोग

चेम्बर अफ कमर्स गोरखाले २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । जिल्ला भित्र आवश्यक परेका स्वास्थ्य संस्थामा पठाउने गरी स्वास्थ्य कार्यालयलाई शुक्रवार कन्सन्ट्रेटर सहयोग गरिएको चेम्बर अफ कमर्शका अध्यक्ष भाईचन्द्र श्रेष्ठले बताए ।

सिपिआई अमेरिका र एमआईटी फाउण्डेसन अस्ट्रेलियाको सहयोगमा चेम्बर अफ कमर्स गोरखाले समन्वय गरेर उक्त सामग्री गोरखामा बितरण गरेको हो । चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले उक्त कन्सन्ट्रेटर स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीलाई हस्तान्तरण गरेका हुन् । ‘स्वास्थ्य कार्यालयलाई दिएपछि गाउँगाउँमा कहाँ स्वास्थ्य संस्थामा अवश्यक छ त्यहाँ उहाँहरुले पठाउनुहुनेछ’ चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले भने । उक्त सामग्री करिब ३२ लाख मूल्य बरावरको छ ।

प्रतिक्रिया दिनुहोस्