| सोमवार, कार्तिक २३, २०८३

गुड नेवर्स र पद्धतिद्धारा आरुघाट गाउँपालिकालाई मेडिकल सामग्री सहयोग

गुड नेवर्स इन्टरनेशनल र पद्धति बिकास सेवा केन्द्रले गोरखाको आरुघाट गाउँपालिकालाई मेडिकल सामग्री सहयोग गरेको छ ।

सामुदायिक बिकास परियोजना कोभिड १९ प्रतिकार्य कार्यक्रम मार्फत तीन लाख ४८ हजार रुपैयाँ बरावरको सामग्री सहयोग गरिएको गुड नेवर्सका गोरखा जिल्ला संयोजक मनकुमार राईले बताए ।


पद्धति बिकास सेवा केन्द्रका कार्यकारी निर्देशक कमला लामिछानेको समन्वयमा संयोजक राईले उक्त सामग्री आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाललाई हस्तान्तरण गरेका हुन् । अक्सिजन मास्क, पिपिई सेट, भिटिएम् लगायत स्वास्थ्य संस्थाका लागि आवश्यक मेडिकल सामग्री प्रदान गरिएको हो ।

यस अघि गोरखा अस्पताललाई पनि गुड नेवर्स र पद्धति बिकास सेवा केन्द्रले मेडिकल सामग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्