
गुड नेवर्स र पद्धतिद्वारा गोरखा अस्पताललाई मेडिकल सामग्री सहयोग
गुड नेवर्स इन्टरनेशनल नेपाल र पद्धति बिकास सेवा केन्द्रले गोरखा अस्पताललाई स्वास्थ्य मेडिकल स्वास्थ्य सामग्री सहयोग गरेको छ । तीन लाख २१ हजार रुपैयाँ बरावरको सामग्री सहयोग गरिएको गुड नेवर्स इन्टरनेशनल नेपालका गोरखा जिल्ला संयोजक मनकुमार राईले बताए ।
कोभिड १९ प्रतिकार्यमा सहजिकरण गर्न भन्दै पिपिई, एन्टिजिन किट, मास्क, अक्सिजन फ्लोमिटर लगायतका सामग्री प्रदान गरिएको पद्धति बिकास सेवा केन्द्रले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको उपस्थिती गुड नेवर्सका जिल्ला संयोजक राईले उक्त सामग्री अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ठडेन्ट शान्ति भुर्तेललाई हस्तान्तरण गरेका हुन् ।




