
बालुवा–बारपाक सडक अस्थायी रुपमा मर्मतसम्भार, जीप चल्न सुरु
दरौँदीको बाढीले कटान गरेर बिगारेको बालुवा बारपाक सडक अस्थायी रुपमा निर्माण गरिएको छ । बुधबार दिनभर अस्थायी रुपमा निर्माण सम्पन्न गरी जीप चल्न सक्ने बनाइएको बारपाक सुलीकोट गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।
अस्थायी बाटोबाट अहिले जीप आउने जाने गरिरहेको उनले बताए । ‘हिजो दिनभर काम गरेर अस्थायी रुपमा गाडी चल्ने बनाइएको छ’, उनले भने, ‘अहिले जीप आउने जाने गरिरहेको छ ।’ दरौँदीमा फेरि बाढी आएमा फेरि लैजाने सम्भावना रहेको उनले बताए ।
दरौँदीको गत मंगलबार साँझको बाढीले झोलुङ्गे नेरको करिब ९० मिटर पक्क सडकखण्ड बगाएको थियो ।




