
बूढीगण्डकीको बाढीले सोती बजारको घरहरु जोखिममा
गोरखाको आरुघाट गाउँपालिकाको सोती बजार जोखिममा परेको छ ।
बूढीगण्डकीले बजारक्षेत्रको घर कटान गर्न थालेपछि जोखिम बढेको स्थानीय सपना गुरुङले बताईन ।
‘पानी रोकिएको छैन, नदी बढेको छ, ग्याबिन जाली भन्दामाथिबाट घरतर्फ कटान गरिरहेको छ’ उनले भनिन् ‘घरमा राती बस्न पनि स्थानीय डराएका छन् ।’ वर्षात रोकिएन भने घर बगाउन सक्ने उनले बताईन ।




