| आइतवार, कार्तिक २२, २०८३

पेट्रोलपम्पका कर्मचारीलाई कोरोना खोपको माग गर्दै सिडिओलाई ज्ञापन पत्र

पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई कोभिड १९ खोपको माग गर्दै गोरखाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । पूर्वी गण्डक पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष सित्तलकाजी मास्केले गोरखाका प्रजिअ शालिग्राम शर्मा पौडेललाई बुधवार ज्ञापन पत्र बुझाएका हुन् ।

तनहुँ लमजुङ र गोरखामा गरी एक एक सय ४० जना कर्मचारी रहेकाले उनीहरुलाई खोप लगाउन माग गर्दै मास्केले ज्ञापन पत्र बुझाएका ह्न् । नियमित सेवा दिने क्षेत्र भएको र कर्मचारी कोभिड १९ को उच्च जोखिममा रहेकाले तत्काल खोप उपलब्ध नभएको खण्डमा पम्प बन्द हुने अवस्था आउन सक्ने तर्फ पनि ध्यानाकर्षण गराइएको छ । तीनवटै जिल्लाका प्रशासन र पम्प रहेको स्थानीय तहमा पनि खोप माग गरिएको पत्र बुझाइएको अध्यक्ष मास्केले बताए ।

प्रतिक्रिया दिनुहोस्