
सामागाउँमा पहिरोले खेतीबालीमा क्षती
उत्तरी गोरखाको सामागाउँमा पहिरोका कारण खेतीबालीमा क्षती पुगेको छ ।
चुमनुब्री गाउँपालिका १ सामागाउँ प्रहरी नजिकै रहेको खेतीयोग्य जमिनमा माथिबाट खसेको पहिरोले करिब तीन रोपनी क्षेत्रफलमा लगाइएको खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
खेतीगर्ने ठाउँ नजिकै किसान टहरा बनाएर बस्दै आएका थिए । ५०÷६० वटा टहरा रहेको र त्यहाँ तरकारी खेती रेखदेख गर्न बसेका किसानलाई घर पठाइएको प्रहरीले जनाएको छ । निरन्तर वर्षात भईरहेकाले जोखिम बढेको स्थानीयले बताएका छन् ।





