| सोमवार, कार्तिक २३, २०८३

गोरखामा बाढीले बगाउँदा बर्दियाका एकजना बेपत्ता


गोरखाको कटुञ्जेमा खोलाले बगाउँदा बर्दियाका एक पुरुष बेपत्ता भएका छन् ।

आरुघाट गाउँपालिका २ साबिक मान्बुको कटुञ्जे जाने क्रममा स्थानीय ठोट्नेरी खोलाको बाढिले बगाउँदा बर्दियाका ३८ बर्षीय गोविन्द चौधरी बेपत्ता भएका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।


तीन जना साथीसहित ट्रक मर्मत गर्न गएका चौधरीलाई बिहान साँढेसात बजे सो खोलामा आएको भेलले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।


अहिले स्थानीयबासी, चौधरीका साथीहरु र प्रहरीको संयुक्त टोलीले खोजी कार्य गरिरहेको डिएसपी दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्