| आइतवार, कार्तिक २२, २०८३

गोरखामा १०३६ जना सक्रिय संक्रमित, २२८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

गोरखामा अझै एक हजार ३६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना पुष्टि भएका तीन हजार सात सय २४ मध्ये सक्रिय संक्रमित अधिकासं होम आइशोलेसनमा उपचाररत छन् ।

दुई सय ८८ जनाको भने पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कोभिड अस्पतालका उपचाररत २३ जना रहेका छन् भने आइशोलेसनमा उपचारत नौ जना रहेको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
यस्तै आईतवार भीमसने थापा गाउँपालिकामा ७ जना, गोरखा नगरपालिकामा ४ र गोरखा अस्पतालमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्