| आइतवार, कार्तिक २२, २०८३

पालुङ्टारबाट दुई जनालाई मानव सेवा आश्रमद्वारा उद्धार


मानव सेवा आश्रम गोरखाले पालुङ्टार नगरपालिकाबाट दुई जनालाई उद्धार गरेको छ । वडा नं. १ का एक बालक र वडा नं. ६ बाट एक महिलालाई उद्धार गरिएको आश्रमले जनाएको छ ।


वडा नं. १ का नौ बर्षका हिमाल मोक्तानलाई उद्धार गरिएको हो । आमाले दोस्रो विहे गरेर गएकी र बुबाले पनि अर्कै बिहे गरेपछि बेस्याहार भएर अलपत्र रहेका मोक्तानलाई शनिबार उद्धार गरिएको आश्रमकी मुना लामाले जानकारी दिइन् ।


त्यस्तै वडा नं. ६ को जैशीथोकबाट एक महिलालाई उद्धार गरिएको छ । आर्थिक अबस्था नाजुक भएकी र मानसिक रोगबाट पिडित भएकी ३४ बर्षकी आशा श्रेष्ठलाई उद्धार गरिएको लामाले जानकारी दिइन् ।


महिलालाई थप उपचार तथा आश्रय दिनका लागि हेटौँडा लगिएको छ भने बालकलाई गोरखाकै आश्रममा राखिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्