
युवा समिति अध्यक्ष गुरुङद्धारा स्वास्थ्य सामग्री बितरण
युवा समिति गोरखाका अध्यक्ष राजन गुरुङले स्वास्थ्य सामग्री बितरण गरेका छन् ।
आरुघाट गाउँपालिका र अजिरकोट गाउँपालिकालाई जनस्वास्थ्य बिभाग टेकुबाट प्राप्त भएको सामग्री बितरण गरिएको उनले बताए ।
पिपिई, एन्टिजेन किट, अक्सिमिटर, अक्सिजन सिलिण्डर लगायतका सामग्री बितरण गरिएको उनले बताए ।
आरुघाट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत एकदेव खना र अजिरकोट गाउँपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृत शुरेस दवाडीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
यस अघि पनि युवा समितिका अध्यक्ष राजन गुरुङले गोरखाको बिभिन्न पालिका, वडा, क्लव र संघ संस्थालाई मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री बितरण गरिरहेका छन् ।




