| आइतवार, कार्तिक २२, २०८३

सिरानचोक युथ फाउण्डेशनद्धारा स्वास्थ्य सामग्री सहयोग

सिरानचोक युथ फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्थानीय युवाहरुको अग्रसरतामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सुरु गरिएको फाउण्डेशनले जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र धारापानी स्वास्थ्य इकाईलाई औषधी, स्वास्थ्य सामग्री बितरण गरेको अभियानका संयोजक सन्तोष दवाडीले बताए ।


साथै फाउण्डेशनले जौवारीमा २२ जनाको ऐन्टिजिन परीक्षण गरेको जनाएको छ । पिपिई, फेससिल, मास्क, ग्लोब्स लगायतका सामग्री फाउण्डेशनले उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्