
गोरखामा निषेधाज्ञा उलंघन गर्ने ब्यापारी कारवाहीमा
गोरखामा निषेधाज्ञा उलंघन गर्ने ब्यापारी, ब्यवशायी कारवाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले कोरोना संक्रमण तिब्र गतीमा बढ्दै गएका बेला जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको उलंघन गरेकाले ब्यापारी ब्यवशायी कारवाहीमा परेका हुन् ।
तोकिएको समय भन्दा बाहेक पसल खोलेका किराना, फलफुल ब्यवशायी, निषेधाज्ञामा खोल्न अनुमति नदिएका स्टेशनरी, होटल ब्यवशाय संचालन गर्दै आएका १७ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।

निषेधाज्ञा उलंघन गर्ने नौ जना महिला र आठ जना पुरुषलाई कारवाही गरिएको उनले बताए । पहिलो पटक सम्झाई बुझाई गरेर छाडिएको र पुन नियम अटेरी गरेमा संक्रामक रोग निवारण ऐन २०२० र कोभिड संकट ब्यवस्थापन अध्यादेश अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।




