| सोमवार, कार्तिक २३, २०८३

कांग्रेस सचिव न्यौपानेद्धारा अक्सिजन कन्सनट्रेटर र मास्क बितरण

नेपाली कांग्रेसका गोरखा जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले अक्सिजन कन्सनट्रेटर र मास्क बितरण गरेका छन् ।

सचिव न्यौपानेले गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना, अजिरकोट गाउँपालिका अध्यक्ष फडिन्द्र धिताल र सिरानचोक गाउँपालिका अध्यक्ष राजुु गुरुङलाई अक्सिजन कन्सनट्रेटर प्रदान गरेका हुन् । कोरोना संक्रमित सर्वसाधारण नागरिकको सहज उपचार होस् भन्ने उद्देश्यले ति पालिकाको स्वास्थ्य संस्थामा रहने गरी कन्सनट्रेटर सहयोग गरिएको सचिव न्यौपानेले बताए ।

उक्त कन्सनट्रेटर कांग्रेस केन्द्रिय सदस्य कमला पन्तको समन्वयमा उपलब्ध भएको सचिव न्यौपानेले बताए । साथै उनले शहीलदलखन, गण्डकी, अजिरकोट, सिरानचोक लगायतका गाउँपालिकामा स्वास्थ्य चौकी, वडा, पार्टी संगठन र जिल्ला प्रहरी कार्यालयलाई माक्स, सेनिटाईजर, अक्सिमिटर पनि बितरण गरेका छन् । ‘कोरोना माहामारीका बेला जनताले कत्तिको उपचार, सुरक्षा पाएका छन् भन्ने जानकारी लिन र सहयोग गर्नु गाउँ गाउँ पुगेको हुँ’ सचिव न्यौपानेले भने । मास्क सेनिटाईजर भने आफैँले जोहो गरेर बितरण गरेको उनले बताए ।

‘कोरोनाबाट प्रभावित जनताको अवस्था कस्तो छ, सहयोगको के आवश्यकता छ भन्ने पहिचान गरेर कांग्रेस पार्टीले सहयोगको योजना बनाउनेछ, सुझाब दिनेछ’ सचिव न्यौपानेले भने । कोरोना रोकथाम र नियन्त्रणमा नेपाली कांग्रेसका भाृत संघ संगठन, वडा, पालिका, जिल्ला,क्षेत्र, प्रदेश र केन्द्रिय स्तरका नेताहरु निरन्तर लागिरहेको उनले बताए । ‘कतै राहत रामग्री, कतै स्वास्थ्य सामग्री लिएर पार्टीका साथीहरु लागिरहनुभएको छ’ उनले भने ‘नेपाली कांग्रेस दुःख पनि जनताको साथमा छ भन्ने आभास दिलाउन हामीले सहयोग सामग्री लिएर जनताको अवस्था बुझुन गाउँगाउँ पुगेका छौँ ।’ राज्यका सबै निकाय र संयन्त्रलाई कोरोना माहामारीका बेला निरन्तर जनताका सेवा खटिन उनले अनुरोध गरेका छन् ।

कोरोना माहामारीबाट जनतालाई बचाउनु जिम्मेवार राजनीतिक दलको हैसियतले नेपाली कांग्रेसको पहिलो काम भएको बताउँदै उनले सरकारले भने जनताको उपचार, कोरोना रोमथाम, नियन्त्रणमा ध्यान दिन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्