| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकाद्धारा कक्षा ५ र ८ को नतिजा प्रकाशन

गोरखा नगरपालिकाले नगर भित्रका विद्यालयको कक्षा ८ र ५ को नतिजा सार्वजनीक गरेको छ । कोरोना प्रभावका कारण वार्षिक परीक्षा हुन नसकेपछि नगरपालिकाले विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र अघिल्लो परीक्षाको आधारमा नतिजा सार्वजनीक गरेको शिक्षा शाखाले जनाएको छ ।
कक्षा ५ मा एक हजार एक सय ४४ जना र कक्षा ८ मा एक हजार ९३ जना विद्यार्थी परीक्षामा सहभागी थिए । कक्षा ५ मा चार जना र कक्षा ८ मा तीन जना अनुपस्थित भए ।
न्यूनतम डि प्लस ल्याउने विद्यार्थी माथिल्लो कक्षामा पढ्न पाउनेछन् ।

नगरपालिकाले विद्यालयहरुलाई परिपत्र गर्दै असार १ गतेबाट बैकल्पिक बिधि अपनाएर भर्ना अभियान संचालन सँगै पाठ्यपुस्तकको ब्यवस्था गर्न र सिकाईलाई निरन्तरता दिन अनुरोध गरेको शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्