
अस्पताल र गोनपाको आइशोलेसन सेन्टरमा अक्सिजन कन्सनट्रेटर सहयोग
गोरखा अस्पताल र गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरमा लायन्स क्लव अफ गोरखाले चार थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ ।

मंगलवार एक कार्यक्रमका बिच लायन्स क्लव अफ गोरखाका पदाधिकारीले नगरप्रमुख राजनराज पन्तलाई उद्योग बाणिज्य संघमा नगरपालिकाले बनाएको आइशोलेसनका लागि दुई थान कन्सनट्रेटर हस्तान्तरण गरिएको थियो । गोरखा अस्पतालका आइशोलेसन वार्ड प्रमुख डाक्टर अजयराज गौतमलाई दुई थान गोरखा अस्पतालका लागि कन्सनट्रेटर सहयोग गरिएको लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए
उक्त अक्सिजन कन्सनट्रेटर लायन्स क्लव अफ गोरखाको समन्वय र गोरखा समाज अमेरिकाको अगुवाईमा टेक्सास नेप्लिज एसोशियसन द्धारा सहयोग प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताए ।
कोरोना संक्रमण तिब्र रुपमा बढीरहेका बेला केही राहत मिलोस् भन्ने उद्देश्यले गोरखा नगरपालिका ६ तीनधारे घर भई बिदेशमा रहेका अन्जन श्रेष्ठ र डाक्टर सर्मीला श्रेष्ठले उक्त सहयोगका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै लायन्स क्लवले धन्यवाद ज्ञापन गरेको छ




