| मङ्लबार, कार्तिक २४, २०८३

तपाईको पशुबस्तुमा केही समस्या छ ? ११५९ मा फोन गर्नुहोस्

कोभिड महामारीमा पशुपन्छी कृषकहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्न नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सुरु गरेको छ । कृषकहरुको सहजताको लागि मंगलबारबाट ४ अंकको निःशुल्क हटलाइन सेवा सुरु गरिने एसोसिएसनले जनाएको छ ।

उक्त सेवा लिन कृषकले ११५९ डायल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष शितलकाजी श्रेष्ठले जनाकारी दिए । पशुपन्छीपालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्री नम्बरमार्फत निरन्तर परामर्शको सुविधा प्रदान गर्नको लागि हटलाइन फोन सेवा सुरु गरिएको श्रेष्ठको भनाइ छ ।

7दुर दराजको कृषकलाई अभियानले विज्ञसँग सिधै जोडिदिने एसोसिएसनको विश्वास छ । पशुपन्छीको स्वास्थ्य, आहारा, प्रजनन, र अन्य व्यवस्थपकीय पक्ष सम्वन्धित समस्याहरुको समाधानका लागि आवश्यकताअनुसार टोल फ्री नम्बरबाट निःशुल्क विज्ञको परामर्श लिन सकिने र यो सेवा हाललाई अत्यावश्यक अवस्थामा हप्ताका सातै दिन २४सै घण्टा उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्