
अस्पताल प्रमुखले दुब्र्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित
गोरखा अस्पतालका प्रमुख मेडिकिल सुपरिटेन्डेन्ट डाक्टर शान्ति भुर्तेलले दुब्र्यवाहार गरेको भन्दै कर्मचारी आन्दोलित भएका छन् । अस्पताल ब्यवस्थापन समिति र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई आईतवार ज्ञापन पत्र बुझाउँदै असन्तुष्ट पक्षले अस्पताल प्रमुखलाई कारवाहीको माग गरेको छ ।
अस्पताल प्रमुखले नर्सिङ कर्मचारीलाई जागिर खाईदिन्छु भन्दै दुब्र्यवाहार गरेको, कर्मचारी सँग कुनै छलफल कुराकानी हुने नगरेको, मनपरी निर्णय गर्ने गरेको जस्ता आरोप ति कर्मचारीको छ । अस्पताल बिकास समिति कर्मचारी युनियन ईकाई समिति अध्यक्ष चिजकुमार श्रेष्ठले बिज्ञप्ती जारी गर्दै अस्पताल प्रमुखले कर्मचारी प्रति गर्ने ब्यवाहार राम्रो नभएको उल्लेख गरेका छन् ।
यता अस्पतालले भने झुटा आरोप लगाएर बद्नाम गर्न खोजिएको भन्दै दुःख ब्यक्त गरेको छ । मेसु डाक्टर भुर्तेलले आफुले कोहीपनि कर्मचारीलाई दुब्र्यवाहार नगरेको, नियमित बिरामीको उपचार र सेवामा खटिरहँदा अनवश्यक लान्छना लगाइएको बताईन ।
‘टिममा काम गर्न नचाहनेले राम्रो गर्न खोज्दा आरोप लगाए’ उनले भनिन् ‘अस्पताल भित्रको ब्यथिती रोक्न खोज्दै थिएँ, सुधार हुँदै थियो, छानबिन गरेर राम्रो गर्न खोज्दा आरोप लगाईयो, छानबिन गर्दा हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले अस्पतालले आन्तरिक समस्याको हल भित्रैबाट गर्नुपर्ने बताए । ब्यवस्थापन समिति र अस्पताल प्रशासनलाई समस्याको समाधान तत्काल गर्न र कोभिड १९ को महामारीको समयमा ि बरामीको उपचारमा ध्यान दिन अनुरोध गरेका छन् ।




