
सांसद दवाडीद्वारा आफ्नो निर्वाचन क्षेत्रमा राहत वितरण
गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सभाका सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा राहत सामग्री वितरण गरेका छन् ।
सिरान्चोक गाउँपालिका ३ हर्र्मी, सिरान्चोक २ थालाजुङ, अजिरकोट गाउँपालिकाका वडाहरु, बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ खारचोकभञ्ज्याङ्, वडा नम्बर ४ सौरपानी, वडा नम्बर ८ पन्द्रुङका स्वास्थ्य चौकीहरुमा अक्सिजन कन्सन्टे«टर मेसिन सहित स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका हुन् ।
‘कोभिडका बिरामीलाई अथवा स्वास्थ्य संस्थाहरुलाई आफ्नै व्यक्तिगत खर्चबाट स्वास्थ्य सामग्री खरिद गरी वितरण गरेको छु’, उनले भने, ‘आउँदा दिनमा पनि आवश्यकता हेरेर यस कार्यलाई निरन्तरता दिदै जानेछु ।’
साथै सोही क्रममा डाक्टर सितल अधिकारी, प्रताप देवकोटा र बिनोद ढकालबाट प्राप्त स्वास्थ्य सामग्री पनि वितरण गरेको उनले बताए ।




