
स्वाँरा सघनद्धारा गोरखाका आठ स्थानीय तहलाई ३५ लाखको स्वास्थ्य सामग्री सहयोग
स्वाँरा सघन गाउँ बिकास केन्द्रले गोरखाको आठ वटा स्थानीय तहलाई ३५ लाख रुपैयाँ भन्दाबढिको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संस्थाले नियमित परियोजनाको स्रोतलाई कोरोना प्रतिकार्यमा रुपान्तरण गरेर सहयोग गरेको कार्यकारी निर्देशक सिताराम श्रेष्ठले बताए ।
आपत्कालीन कोरोना प्रतिकार्य कार्यक्रम अन्र्तगत गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट, भीमसेन थापा, शहीदलखन र गण्डकी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाका कार्यक्रम संयोजक द्रोणचार्य तिमल्सिनाले बताए ।
पल्स अक्सिमिटर, सर्जिकल मास्क, एन्टिजेन किट, भिटिएम, पिपिई, ग्लोब्स, अक्सिजन सिलिण्डर, सेनिटाईजर लगायतका सामग्री सहयोग गरिएको उनले जानकारी दिए । साथै संस्थाले कोभिड १९ नियन्त्रण र रोकाथामका लगि सचेतना अभिवृद्धिको क्षेत्रमा समेत काम गरेको जनाएको छ ।
सिरानचोक गाउँपालिकाले सञ्चालन गरेको खोइ मास्क ? अभियान अन्र्तगत कोभिड संक्रमण न्यूनीकरणका विभिन्न सन्देश सहित सिरानचोक गाउँपालिकाको प्रत्येक वार्ड कार्यलय, स्वास्थ्य संस्था, गाउँपालिकाको कार्यलय साथसाथै मुख्यबजार चोरकाटे, नयाँसाघु, जौवारी, धारापनीलगायतका क्षेत्रमा चेतनामुलक व्यानर राखेको छ ।
२०४४ सालामा स्थापना भएको स्वाँरा सघन गाउँ बिकास केन्द्रले २०७२ को भुकम्पपछिको पुन निर्माणमा पनि बिभिन्न दातृ निकायसँगको साँझेदारीमा सहयोगका कार्यक्रम संचालन गरेको थियो । संस्थाले यो सहयोग केएर नेपाल सँगको साझेदारीमा सञ्चालन गरेको जनाएको छ ।






