| सोमवार, कार्तिक २३, २०८३

गोरखनाथ मन्दिरमा सवालाख रोट चढाईयो, सकियो १८ औँ महोत्सव

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिरमा सवालाख रोट महोत्सव सकिएको छ । कोभिड १९ को कारण गत र यस वर्ष रोट महोत्सवको रौनक खासै भएन । यस पटक नेपाली सेना र नेपाल प्रहरीले रोट बनाउने, पकाउने गरेका थिए ।

सिद्धाश्रम शक्तिकेन्द्रको आयोजनामा हरेक वर्ष चण्डि पूर्णिमाको दिन देखि ११ दिन सम्म चल्ने रोट महोत्सवको कोरोना प्रभावका कारण रौनक नभएको हो । यस वर्ष नित्य पुजा अन्र्तगत रोट चढाइएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रका संयोजक रामजी अर्यालले बताए । राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट चढाउँदै आएको छ ।
गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मीक मान्यता छ । गहुँ जौ र धेरैजसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ । बिभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ ।

प्रतिक्रिया दिनुहोस्