| आइतवार, कार्तिक २२, २०८३

अस्पताल प्रमुखको ब्यवाहार प्रति कर्मचारी असन्तुष्ट

गोरखा अस्पतालका प्रमुख मेडिकिल सुपरिटेन्डेन्ट डाक्टर शान्ति भुर्तेलले दुब्र्यवाहार गरेको भन्दै केही कर्मचारीले असन्तुष्टि जनाएका छन् । अस्पताल ब्यवस्थापन समिति र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई आज ज्ञापन पत्र बुझाउँदै असन्तुष्ट पक्षले अस्पताल प्रमुखलाई कारवाहीको माग गरेको छ ।
अस्पताल प्रमुखले नर्सिङ कर्मचारीलाई जागिर खाईदिन्छु भन्दै दुब्र्यवाहार गरेको, कर्मचारी सँग कुनै छलफल कुराकानी हुने नगरेको, मनपरी निर्णय गर्ने गरेको जस्ता आरोप ति कर्मचारीको छ । अस्पताल बिकास समिति कर्मचारी युनियन ईकाई समिति अध्यक्ष चिजकुमार श्रेष्ठले बिज्ञप्ती जारी गर्दे अस्पताल प्रमुखले कर्मचारी प्रति गर्ने ब्यवाहार राम्रो नभएको उल्लेख गरेका छन् ।


यता अस्पतालले भने झुटा आरोप लगाएर बद्नाम गर्न खोजिएको भन्दै दुःख ब्यक्त गरेको छ । मेसु डाक्टर भुर्तेलले आफुले कोहीपनि कर्मचारीलाई दुब्र्यवाहार नगरेको, नियमित बिरामीको उपचार र सेवामा खटिरहँदा अनवश्यक लान्छना लगाइएको बताईन ।

प्रतिक्रिया दिनुहोस्