| सोमवार, कार्तिक २३, २०८३

जोन घलेद्वारा बारपाकको पोखरी, कुलगंग, बल्फेमा राहत वितरण


गोरखा घर भई हाल अस्ट्रेलियामा व्यवसाय गर्ने जोन घलेले कोरोना प्रभावित गाउँहरुमा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।


कोरोनाबाट बढि प्रभावित बारपाक सुलीकोट गाउँपालिका २ को पोखरी, बल्फे र वडा नं. ४ को कुलगंगका दुईसय १७ घरधुरीलाई स्वास्थ्य राहत सामग्री वितरण गरेका हुन् ।


घलेले पठाएका मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री बारपाकका खेमराज घलेले हस्तान्तरण गरेका हुन् ।


घलेले यसअघि गोरखाको पत्रकार महासंघ लगायतका संघसंस्थालाई पनि स्वास्थ्य सामग्री वितरण गरेका थिए । भूकम्पका बेला पनि उनले गोरखाका बिभिन्न गाउँमा राहत सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्