
शहीदलखन ७ मा घरघरै मास्क र सेनिटाईजर
गोरखाको शहिद लखन गाँउपालिका वडा नं ७ मा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । वडामा एक कार्यक्रममा विच ४० हजार सर्जिकल मास्क, १८ सय थान सेनिटाईजर वितरण भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
उक्त मास्क र सेनिटाईजर टोल बिकास संस्था मार्फत वडा भित्रका सबै नागरिकको घरमा पु¥याइएको उनले बताए ।
स्वास्थ्य सामग्री वडाका २८ वटा टोल विकास संस्थाका सबै घरधधुरीलाई वितरण गरिएको बताइएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा गाँउपालिका अध्यक्ष रमेश थापा, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत जिवन बहादुर आले, वडा नं ८ का वडाध्यक्ष काशिनाथ अंगाई, बुङ्गकोट स्वास्थ्य चौकी प्रमुख विमला पुलामी लगायतको सहभागिता रहेको थियो ।




