
गोरखा नगरपालिकाका २९६ जनाले कोरोना जिते
गोरखा नगरपालिका भित्र दुई सय ९६ जनाले कोरोना जितेका छन् ।
पिसिआर र एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका तीन सय ७० जनामध्ये ७२ जना आइशोलेसनमा रहेको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । संक्रमण पुष्टि भएका मध्ये दुई जनाको मृत्यू भएको छ ।
नगरपालिकाभित्र अहिलेसम्म नौ सय १८ जना, एन्टिजेनबाट दुई सय ५२ जनाको परीक्षण गरिएको छ । पिसिआरका लागि स्वाब लिइएका मध्ये तीन सय १३ जना र एन्टिजेनबाट ५७ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ ।
बाँकीको रिपोर्ट भने नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक अर्यालले बताए ।




