| आइतवार, कार्तिक २२, २०८३

लमजुङमा कोरोना संक्रमित गर्भवती महिलाले जन्माइन् शिशु

लमजुङ । जिल्ला अस्पताल लमजुङमा कोरोना संक्रमित गर्भवती महिलाको सुरक्षित रुपमा सुत्केरी गराइएको छ।

अस्पतालकी स्त्री रोग बिषेशज्ञ डा। हेमा देवि छन्त्यालको नेतृत्वमा मंगलबार राति तीन जना नर्सिङ्ग कर्मचारीको सहयोगमा २३ वर्षीया संक्रमित महिलाको सुरक्षीत सुत्केरी गराइएको हो।

सुत्केरी महिलालाई अस्पतालले बुधबार डिस्चार्ज गरी होम आइसोलेसनमा पठाएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्