
बारपाकका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त
कोरोना महामारी तीब्र रुपमा फैलिरहेको बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । मंगलबार माउण्टेन हर्ट नेपाल नामक गैरसरकारी संस्थाले सो अक्सिजन कन्सन्ट्रेटर बारपाकका लागि उपलब्ध गराएको हो ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति बारपाकका हरिबहादुर घलेको समन्वयमा सो गैरसरकारी संस्थाले बारपाकका लागि सो अक्सिजन कन्सन्ट्रेटर उपलब्ध भएको हो ।
संस्थाका अध्यक्ष डाक्टर अवन गौतम र स्थानीय संयोजक प्रताप अधिकारीले सो सामग्री वडा सदस्य रामप्रसाद गुरुङलाई हस्तान्तरण गरेका थिए ।
सो अक्सिजन कन्सन्ट्रेटर बारपाकसम्म ल्याउन बारपाक सुलीकोट गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेको घलेले जानकारी दिए ।
सो अक्सिजन कन्सन्ट्रेटर आवश्यकताको आधारमा बारपाक सुलीकोट गाउँपालिकाको अन्य वडाहरुमा पनि पठाउने समझदारी भएको सभापति घलेले जानकारी दिए । अहिले सबै अक्सिजन कन्सन्ट्रेटर बारपाक स्वास्थ्य चौकीमा राखिएको घलेले जानकारी दिए ।




