
छापथोक काठमाडौँ सम्पर्क समाजद्वारा स्वास्थ्य सामग्री प्रदान
गोरखा नगरपालिका १ छापथोक घर भई कामका शिलशिलामा काठमाडौँमा रहेकाहरुको संस्था छापथोक-काठमाडौं सम्पर्क समाजले वडा कार्यालयमार्फत ताप्ले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
गोनपा १ का वडा अध्यक्ष हिक्मतबहादुर कुँवरमार्फत ताप्ले स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो । सर्जिकल माक्स बाह्रसय ५० थान, पिपिइ छ थान, फेससिल्ड छ थान, सेनिटाइजर १० लिटर, ब्यानर १५ वटा, अक्सिमिटर दुईथान लगायतका सामाग्री सहयोग गरिएको समाजका अध्यक्ष भिमसेन भट्टले जानकारी दिए ।
उक्त स्वास्थ्य सामाग्री छापथोक काठमाडौ सम्पर्क समाजका आजिवन सदस्यहरु प्रकाश भट्ट र कलाधर भट्ट साथै सचिव पूणर् भट्टको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।




