| आइतवार, कार्तिक २२, २०८३

जसपाका चुमनुब्री संयोजक कार्कीद्वारा स्वास्थ्य सामग्री प्रदान

कोभिड १९(कोरोना भाइरस) महामारी न्यूनिकरण तथा रोकथामका लागि जनता समाजवादी पार्टी, चुमनुब्री गाउँपालिकाका संयोजक गणेश कार्कीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । आरुघाट गाउँपालिकाका संयोजक राजु गुरुङलाई, धार्चेका संयोजक विसु गुरुङलाई र बेनिघाट, आरुघाट लार्के सडक निर्माणमा जुटेका नेपाली सेनालाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गेका हुन् ।


धार्चेका संयोजक र आरुघाटका संयोजकलाई आठ, आठ हजार थान मास्क प्रदान गरेका हुन् भने नेपाली सेनाका सडक निर्माण कार्यदलका प्रमुख विनोद भट्टलाई एकहजार ५० थान मास्क र ५.५ लिटर सेनिटाइजर प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्