| आइतवार, कार्तिक २२, २०८३

काङ्ग्रेस नेता बजगाईद्वारा अक्सिजन सिलिण्डर प्रदान

नेपाली काँग्रेस गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईँले नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखालाई ११ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् ।


जिल्लामा कोभिड महामारीले धेरै संक्रमित भएको ठाउँमा आवश्यकताका आधारमा वितरण गर्ने गरी बजगाईँले काङ्ग्रेसको जिल्ला कमिटीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका हुन् ।
‘विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)को चपेटामा रहेका गोरखा जिल्लाका नागरिकहरुको स्वास्थ्य सेवामा टेवा पुर्‍याउने उदेश्यले उहाँबाट अक्सिजन सिलिण्डर प्राप्त भएको छ’, जिल्ला कमिटी सचिव नन्दप्रसाद न्यौपानेले भने, ‘बिपतका बेला सहयोग गर्नुभएकोमा युवा नेता राजेन्द्र बजगाइलाई उच्च सम्मान व्यक्त गर्दै नेपाली काँग्रेस गोरखा हार्दिक आभार प्रकट गर्दछ ।’

बजगाईँबाट प्राप्त अक्सिजन सिलिण्डर आवश्यकताका आधारमा गोरखाका विभिन्न कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा हस्तान्तरण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्