| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकामा ८ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिकामामा ८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार ३७ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गोरखा नगरपालिका वडा नं ८ मा तिन पुरुष र एक महिला गरि ४ जना रहेका छन् । त्यस्तै गोनपा ६ मा एक महिला र एक पुरष रहेका छन् । गोनपा वडा नं १ मा एक जना पुरुष र गोनपा ९ मा एक जना पुरुष गरि जम्मा ८ जना थपिएका छन् ।


त्यस्तै आज १३ जना पुरुष र ७ जना महिलाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखरामा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्