| सोमवार, कार्तिक २३, २०८३

उज्जवल थापाको उपचार जारी छः मेडिसिटी अस्पताल

 विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ ।

मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. राज राणाले सामाजिक संजालमा आएका कुराहरु सबै गलत भएको बताए । उनले थापाको उपचार एक्मो प्रविधिबाट गरिरहेको बताए । 

कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्