| आइतवार, कार्तिक २२, २०८३

गोरखा गुरुङ समाज यूकेद्धारा भच्चेक स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

गोरखा गुरुङ समाज यूकेले भच्चेक स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

अजिरकोट घर भई हाल यूके बस्दै आएका शेरबहादुर गुरुङको पहलमा गोरखा गुरुङ समाज युकेका अध्यक्ष मीनबहादुर गुरुङ नेतृत्वको टिमले भच्चेक स्वास्थ्य चौकीलाई उक्त कन्सन्ट्रेटर सहयोग गरेको हो ।
गोरखा गुरुङ समाज युकेको सहयोगमा प्राप्त उक्त सामाग्री अजिरकोट गाउँपालिका ३ का वडा अध्यक्ष तयाराज गुरुङले गाउँपालिकाका अध्यक्ष फडिन्द्र धिताल, गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङ, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडी, गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख ठाकुर भट्टलाई सामूहिक रुपमा हस्तान्तरण गरेका हुन् ।


अजिरकोट गाउँपालिकाभरि अहिलेसम्म ४२ जना कोरोनाका सक्रिय संक्रमित छन् । अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीका अनुसार भच्चेक स्वास्थ्य चौकीमा अक्सिजन सहितको ६ बेड आइशोलेसन तयार भएको छ ।

उक्त ठाउँमा अक्सिजन कन्सन्ट्रेटर नभएपछि गुरुङ समाज यूकेले सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्